top_rightads

Follow me on Twitter

Monday, March 21, 2016

अञ्चल अस्पतालको स्तरवृद्धिका लागि ओ एन्ड एम सर्भे


८ चैत ।  लुम्बिनी अञ्चल अस्पतालको स्तरवृद्धिको अन्तिम चरणको जानकारी लिन स्वास्थ्य र सामान्य प्रशासन मन्त्रालयको टोलीले स्तर उन्नतिका लागि सङ्गठन तथा व्यवस्थापन ९ओे एन्ड एम० सर्भे गरेको छ ।

अस्पतालको स्तरवृद्धिको तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनीहरुले भौतिक संरचना, प्राविधिक जनशक्ति र अस्पतालको गुरुयोजनाबारे जानकारी लिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका उपसचिव गजेन्द्रनाथ शर्माले अस्पतालको अवस्थाको आधारमा प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने जानकारी दिनुभयो ।

यसपटक स्तरवृद्धिका लागि ९५ प्रतिशत काम पूरा भइसकेको सरकारी अधिकारीले बताएका छन् । टोलीमा सामान्य प्रशासन मन्त्रालयका उपसचिव नन्दराज ज्ञवाली र कृष्णप्रसाद सापकोटा सहभागी हुनुहुन्थ्यो ।

लुम्बिनी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले टोलीलाई अस्पतालको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो ।


उहाँले १३ जिल्लाका दैनिक ८०० देखि एक हजार ३०० सम्म बिरामी आउने भएकाले अस्पतालको स्तरवृद्धि जरुरी रहेको बताउनुभयो ।

स्तरवृद्धि नभए अस्पतालले बिरामीको चाप धान्न नसक्ने जानकारी दिँदै अस्पतालका तर्फबाट यसका लागि कुनै कसर बाँकी नराखिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

भवन विभागबाट ८६ शैयाको भवनका निर्माणका लागि अनुमति लिइसकेकाले अस्पतालसँग केही समयमै २ कबथ ७  शैया क्षमता हुने उहाँको भनाई छ । १०७ वर्ष पुरानो उक्त अस्पतालबाट गत वर्ष मात्रै दुई लाखभन्दा बढी बिरामीले सेवा लिएका थिए ।

No comments:

Post a Comment