चैत्र ८ । बोक्सीको आरोपमा एक महिलालाई मानव मलमुत्र खुवाइएको छ ।
उदयपुर जिल्लाको सुन्दरपुर गाउँ विकास समिति वार्ड नं. ५ बस्ने ४९ वर्षीया सवरी देवी सदा (मुसहर) लाई आफ्नै बुहारीलाई बोक्सी लागेको आरोपमा मानव मलमुत्र खुवाइएको बताइएको छ ।
शौचालयमा आफैले सौच गरी दाउरामा ल्याई दिसा खुवाउने सोही ठाउका देवका सदा(मुसहर) लाई प्रहरीले पक्राउ गरेको छ |
यसै घटनामा संलग्न अर्का अभियुक्त संजय सदा(मुसहर) भने फरार रहेका छन् । ति दुबैलाई सोमबार नै बोक्सको आरोप कसुर र सजाय २०७२ बमोजिम मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।
No comments:
Post a Comment