काठमाडौँ ८ चैत - नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको बिशेष साधारणसभा आज नक्साल ब्यान्केट, नारायणचौर, काठमान्डौमा बस्ने भएको छ ।
यस अघि कम्पनीले फागुन २८ गतेका लागी डाकेको बिशेष साधारणसभा मिति नतोकी स्थगित गरेको थियो ।
कम्पनी भित्र आधिकारिक संचालक समितिबारे उत्पन्न विवादका कारण फागुन २८ गतेका लागि बोलाइएको साधारणसभा स्थगित भएको कम्पनी स्रोतले बताएको छ। यद्यपी कम्पनीले विशेष कारणवश साधारणसभा स्थगित गरेको जानकारी दिएको थियो।

फागुन २८ गते बोलाइएको बिशेष साधारणसभा स्थगित भएको भनेर कम्पनीले फागुन १४ गते जानकारी गराएको थियो। यद्दपी कम्पनीले फागुन १३ गते नै चैत ८ गतेका लागि बिशेष साधारणसभाको मिति तय गरेको जनाएको छ।
आन्तरिक विवादका कारण चैत ८ गते तय गरिएको मिति पहिले सार्वजनिक नगरिएको कम्पनी स्रोतले जनाएको छ। चैत ८ गते बोलाइएको बिशेष साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रतिवेदन बुझाउने, आर्थिक बर्ष २०६६६७ देखि २०७१ ७२ सम्मको लेखा परिक्षण गर्नका लागि अडिटरको नियुक्ति गर्ने लगायतका विषयमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ५ करोड ६९ लाख खुद मुनाफा गरेको कम्पनीको बिशेष साधारणसभामा लगानीकर्ताको लागी लाभांस दिने प्रस्ताव छलफलको विषयमा समावेश गरिएको छैन।
No comments:
Post a Comment