चैत्र १० | नेपाली फिचर फिल्म ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो)ले अमेरिकाको प्रतिष्ठित क्युइन्स वर्ल्ड फिल्म फेस्टिभलमा वेस्ट सिनेमाटोग्राफी अवार्ड जितेको बताईएको छ ।
शनिबार राती सम्पन्न फेस्टिभलको छैटौं संस्करणमामा डाइङ क्यान्डलबाट रविन आचार्य र दिपांकर सिग्देलले उपाधी चुमेका हुन् ।
अर्वाड ग्रहण पश्चात रविनले अमेरिकाबाटै खुशी व्यक्त गरेका छन् । ओस्कार फिल्म कलेज पास आउट रविनले खिचेको यो पहिलो फिचर फिल्म रहेको छ ।
डा. नरेश कुमार केसी निर्देशित यस फिल्म फेस्टिभलमा सिनेमाटाग्राफि सँगै वेस्ट फिल्म र वेस्ट एक्ट्रेस विधामा पनि मनोनयनमा परेको थियो ।
यसभन्दा अगाडी पनि ‘डाइङ क्यान्डल’ भ्यालेन्टाइन्स डेमा अमेरिकाकै सिने भर्डी फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । ३ मार्चमा यस फिल्म युनिभरसिटी अफ साउर्दन क्यालिफोर्निया (युएसस्सी)को स्कुल अफ सिनेम्याटिङ आर्टस् विभागमा स्क्रिनिङ भएको थियो ।
फिल्ममा सिर्जना, सिंगी, अर्पणसहित सौगात मल्ल र विद्या कार्कीको पनि मुख्य भूमिकामा रहेका छन् । रंगकर्मी विमल सुवेदी पनि फिल्मको निर्माता तथा कास्टिङ डाइरेक्टर हुन् ।
नेपालमा भने डाइङ क्यान्डल अर्को वर्षको असारमा रिलिज हुने बताईएको छ । वितरण गर्ने अधिकार गोविन्द शाहीले लिएका छन् ।
No comments:
Post a Comment