चैत्र ८ | सिनेमाको पर्दामा कुनै अभिनेता तथा अभिनेत्रीलाई देखेर हामी उसको वास्तविक जीवनको मुल्याङकन गर्न सक्दैनौ ।
उनिहरुको जिवन अरु व्यक्तिको भन्दा फरक शैलीमा बितीरहेको हुन्छ ।आफ्नो अभिनयबाट सबैको वाहवाही बटुल्ने यी कलाकारको जीवनमा धन सम्पत्तीले पनि निकै साथ दिएको हुन्छ ।
आज हामी तपाईलाई विश्वका ६ धनी अभिनेताका बारेमा बताउँदैछौ, जसको सम्पत्ती थाहा पाएर तपाई पनि दङग पर्नुहुनेछ ।
जेरी सेनफिल्ड
सन् १९५४ मा जन्मिएका अभिनेता जेरी, टेलिभिजन दुनियाको निकै चर्चित अनुहार हो । उनी चर्चित टि भि पर्सनालीटि हुन् । उनलाई एक झलक हेर्नका लागी फ्यानहरु जे पनि गर्छन् । आफ्नो कडा मिहिनेत र अभिनयका कारण उनि आज ८२० लाख डलरका मालिक बनेका छन् ।
शाहरुख खान
भारतमा मात्रै नभएर अन्य देशमा पनि आफ्ना थुप्रै फ्यान बनाएका अभिनेता, शाहरुख खानले ७५ भन्दा बढि सिनेमामा काम गरेका छन् । निकै सर्घर्ष गरेपछी मात्रै सफल भएका अभिनेता शाहरुख ६०० लाख डलरका मालिक हुन् ।
टम कु्रुज
टमले, बाल्यकालमा अभिनेता बन्ने सोचेकै थिएनन् । तर उनको सुन्दर व्यक्तित्वका कारण भगवानले चाहे उनि अभिनयमै आउन् भन्ने । सन् १९८१ मा सिनेमा ईन्डलेस लबको लागी छोटो रोल पाएर अभिनय सुरु गरेका टम, सबैले चाहने अभिनेता बने । उनि ४८० लाख डलरका मालिक हुन् ।
टायल पेरी
सन् १९९६ मा विनफ्रेको जिवन कथाबाट फिल्मी करियर सुरु गरेका टायल, आज ४७५ लाख डलरका मालिक हुन् ।
जोनी डेप्प
धेरै अवार्ड जितेको सिनेमा पाईरेट्स अफ क्यारिबियनमा निकै चर्चित र लोकप्रिय रोल निभाएका अभिनेताले, अन्य हलिउड सिनेमामा पनि निकै लोकप्रिय रोल निभाएका छन् । अभिनेता जोनी ४५० लाख डलरका मालिक हुन् ।
जेक निकोलस
७८ बर्षीय हलिउड अभिनेता जेकसँग ४०० लाख डलर सम्पत्ती छ । उनले , सिनेमाबाट दर्शकको माया पाउन निकै मिहिनेत गरेका थिए । १९६० देखि २००० सम्म उनका धेरै सिनेमा आए । उनका सिनेमालाई कैयौँपटक ओस्कार अवार्डका लागि मनोनित पनि गरिएको थियो ।
No comments:
Post a Comment