top_rightads

Follow me on Twitter

Monday, March 21, 2016

राजकुमार ह्यारीको नेपाल भ्रमण (जलयात्रादेखि जङ्गल सफारीसम्म फोटो फिचर )



बर्दिया, ८ चैत । बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड आज बिहानै बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर जलयात्राको मज्जा लिनुका साथै निकुञ्जका वन्यजन्तुको अवलोकन गर्नुभएको छ ।

बिहानै हेलिकप्टरबाट हिमाली दृश्यको अवलोकन गर्दै बर्दिया अवतरण गर्नासाथ राजकुमार ह्यारी गैडामोचर पोस्टबाट बघौरा फाँटसम्म ४० मिनेट जलयात्रा गर्नुभयो ।
त्यसपछि झन्डै आधा घन्टा जङ्गलमा पैदलयात्रा गर्नुभयो ।

राजकुमार ह्यारी पैदल जङ्गल अवलोकन गर्नुभएको कार्यलाई त्यहाँ बाघको गतिविधि ट्र्यापिङ गर्दै आएको क्यामरामार्फत ‘ट्रयापिङ’ गरिएको थियो ।

आफूले बाघजस्तो हिँडेको गतिलाई ल्यापटपमार्फत हेरेपछि उहाँ खुसीले दङ्ग हुनुभयो । सन् ९० को दशकबाट सुरु भएको बाघ ट्र्यापिङ प्रणाली सन् २००० बाट पूर्णरुपमा कार्यान्वयनमा आएको थियो । ट्र्यापिङका लागि तीनसय क्यामरा राखिएका छन् ।

हिजोअस्ति वन्यजन्तुको गतिविधिको निगरानी गर्ने क्यामराले आज भने मानवीय गतिविधिको ट्र्याप ग¥यो । बेलायती राजकुमार ह्यारीले सम्भवतः जीवनको पहिलोपटक नै बाघ हिँडेको जस्तो हिँडाइ गरी त्यो ट्र्यापिङ कार्यबारे जानकारी पनि लिनुभयो ।


बर्दिया राष्टिय निकुञ्जका प्राविधिक र विश्व वन्यजन्तु संरक्षण कोषका प्राविधिकले बाघको ट्र्यापिङ प्रविधिबारे राजकुमार ह्यारीलाई अवगत गराएका थिए । निकुञ्जभित्र ५० वटा बाघ रहेको सहायक संरक्षण अधिृकत अशोक भण्डारीले जानकारी दिनुभयो ।

जिन्सको पाइन्ट, नीलो आकासे सर्टमा मफलर झुन्ड्याएका राजकुमार ह्यारीले त्यहाँ रहेका वन्यजन्तुको अवलोकन गर्नुभएको थियो । हिमाल, प्रकृति, पर्यावरण र वन्यजन्तु संरक्षणमा विशेष रुची बोकेका ह्यारीले बाघको जस्तो हिँडाइ गरिरहँदा सो दृश्यलाई कैद गर्न सञ्चारकर्मी तँछाडमछाड गरेका थिए ।


प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्नुहुने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिनुभयो । झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यहाँ मुख्यतः हात्ती, गैडा , बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन् । यो निकुञ्ज दक्षिण एसियामा सबैभन्दा ठूलो बाघ भएको क्षेत्र हो ।

विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पु¥याउँदै आएको छ । यहाँका वन्यजन्तु  हेर्न हरेक वर्ष करिब १० हजार विदेशी पर्यटक जाने गर्दछन् । निकुञ्जका विभिन्न चार ठाउँमा राखिएका हात्तीले राजकुमार ह्यारीको स्वागत गरेका थिए ।

हात्तीको शरीरमा वेलकम टु ह्यारी इन नेपाल भनेर लेखिएको थियो । बाघको ट्र्यापिङसम्बन्धी जानकारी लिएपछि ह्यारीले बर्दिया सूर्यपटुवा गाविसको जैविक मार्गमा रहेको थारू घरवास ९होमस्टे०को समेत निकै चाखपूर्वक अवलोकन गर्नुभयो । थारू होमस्टे अवलोकनका अवसरमा थारू नाच र संस्कृति प्रदर्शन गरिएको थियो ।

पर्या–पर्यटनमा सौखिन राजकुमार ह्यारी नेपाल–बेलायत कूटनीतिक सम्बन्धको द्विशतवार्षिकीका अवसरमा पाँचदिने भ्रमणका सिलसिला चैत ६ गते नेपाल आउनुभएको हो ।

No comments:

Post a Comment