चैत्र ७ | भारतका सुपरस्टार रजनीकान्तको फिल्म ‘रोबोट’को सिक्वेल ‘रोबोट २’ हालसम्म भारतकै सबैभन्दा महँगो फिल्म हुने भएको बताईएको छ।
यस फिल्मले ३३० करोड भारुको बीमा गराउँदै रिलिजअगावै रेकर्ड कायम गरेको छ। भारतमा यति रकमको बीमा हालसम्म कसैले गरेको छैन। यसअघि आमिर खानको ‘पीके’ ले ३०० करोड भारुको बीमा गरेको थियो।
भारतका तीन ठूला बीमा कम्पनिले रोबोट २ को खतराको जिम्मा मोल्ने भएका छन् । रिलिज भएर हलमा पुगेपछि फिल्मको बीमा रकम दुई गुनाले बढोत्तरी हुने बताईएको छ।
फिल्ममा बलिउड सुपरस्टार अक्षयकुमार खलनायकको रुपमा प्रस्तुत हुँदैछन्। फिल्म सन् २०१७ मा रिलिज हुनेछ।
No comments:
Post a Comment