Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Saturday, March 19, 2016
केरा लोप हुने खतरा !
चैत्र ७ | सबैभन्दा स्वादिष्ट र पोषिलो ग्रस माइकल जातको केरा संसारबाट ७० वर्षअघि नै लोप भयो ।
‘पानामा डिजिज’ नामक ‘फंगस’ ढुसी को फैलँदो संक्रमणले क्याभेन्डिस जातको करा पनि विश्वबाटै हराउने खतरा एक अध्ययनले औंल्याएको छ ।
ग्रस माइकललाई सखाप पार्ने पानामा डिजिजको ट्रपिकल रेस वाले यसअघि क्याभेन्डिसलाई छुन सकेको थिएन जसकारण अहिलेसम्म यो जातको केरा व्यवसायिक रूपमा चल्तीमा छ । अहिलेसम्म विश्व बजारमा ९९ प्रतिशत भाग यसैले ओगटिरहेको छ ।
ट्रपिकल रेस वानकै परिवर्तित प्रजाति ट्रपिकल रेस फोरले भने क्याभेन्डिसमाथि पनि धावा बोलिरहेको छ ।
अध्ययन अनुसार दक्षिणपूर्वी एसियाली देशका नब्बेको दशकबाट क्याभेन्डिसमा यो संक्रमण दिखिएकोमा अहिले अफ्रिका र अस्ट्रेलियाका केरामा समेत फैलिएको पाइएकोले वैज्ञानिकहरुले केरा लोप हुने खतरा औल्याएका हुन् ।आजको नागरिक दैनिकमा समाचार छ ।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment