top_rightads

Follow me on Twitter

Wednesday, March 23, 2016

तपाईलाई थाहा छ ? फेसवुक र ब्लगमा किन लेखिन्छन् झुटा समाचार ?


झूट हेडलाइनहरु ! जसले तपाइंको सहि सुचनाको हकलाइ बारम्बार कुण्ठित गरिरहेको छ । र जुन हेडलाइन सरासर झूट छ । यस्ता थुप्रै समाचार हरु छन् जो तपाईं बारम्बार सामाजिक सञ्जाल र इन्टरनेट बाट हेरिरहनु भएको हुन्छ वा भनौ नियाली रहनु भएको हुन्छ । यो सरासर झूट हो ! विभिन्न अनलाइनहरु र व्लग हरुमा देखिएका हेडलाइनले तपाइंलाई एक पटक क्लिक नगरी धरै दिंदैन तर किल्क गर्ने बित्तिकै तपाईंमा रहेको उत्सुकता लाइ निराश बनाइदिन्छ, एकै छिनमा । धरै जसो अनलाइन र ब्लग हरुले जनताको आँखामा छारो हालिरहेको छन् ।

के तपाईलाई थाहा छ ? विशेष गेरर फेसवुक र ब्लगमा किन झुटा समाचार लेखिन्छ ? फेसबुकमा झुटा समाचार लेखेर लेख्ने लाई कसरि फाइदा हुन्छ ?

आज भोली सामाजिक संजालको प्रयोग गरेर हुदै नभएका कपोकल्पीत मनोगडन्ते घटनाहरुलाई समाचार बनाएर पोस्ट गर्ने चलन बढेको छ ।

तपाईहरुलाई लाग्न सक्छ कि यो मात्र आफु परिचित हुनको लागि गरिएको प्रचार हो, तर वास्तवमा त्यस्तो हुदैन, कुरा तपाईले सोचेको भन्दा फरक छ ।


आजभोली नेपाली समाजको सबै भन्दा सजिलो जागिर भनेको अनलाईन वन्दै छ । अर्थात यदी तपाईको फेसबुक पेजले जति धेरै लाईक र कमेन्ट पाउछ, त्यसकै आधारमा तपाईको पेजको पाठक र (Page Viewers) हरु बढ्ने गर्दछन, आजभोली त्यहि पेज (Viewers) बढाउनको लागि भ्रामक र हुदै नभएका तर झट्ट हेर्दा आर्कषण गरिहाल्ने खालका घटनाहरु यौन जन्य कुराहरु लेखेर, सेक्स स्टोरीहरु लेखेर पेजमा लाईक बढाउने गर्छन, र निश्चित (Viewers) हरु को संख्या पुगेपछि त्यो पेजको नाम परिवर्तन गरि वा सम्पूर्ण अश्लिल कुराहरु हटाएर बिज्ञापन गरिन्छ, जसले गर्दा कतिपयले त्यस्ता पेजहरुको किनबेच सम्म गरेको पाईएको छ ।

भ्रामक खबरहरु, यौनजन्य कुराहरु, सेक्स स्टोरीहरु, ठुला ठुला व्यक्तिहरुको बारेमा भ्रामक समाचार हरुलेखेर सम्पूर्ण मिडियाको छवि धमिलिने गरि लेख्ने गरेको पाईन्छ र सामाजिक संजालको प्रयोग गरि (Viewers) बढाउने प्रयास गरिन्छ, हामी पनि त्यस्ता कुराहरु देख्ने बित्तिकै Like ठोकी हाल्छौ र विश्वास गरेर कुनै बेलात अझै क्लिक नै नगरी सेयर गर्ने हाम्रो वानी छ । त्यहाँ क्लिक गर्दा त्यो ब्लग खुलेपछि त्यो भित्र केहि पनि हुदैन |

त्यसैले कुनैपनि Website पछाडी .blogspot.com, .wordpress.com, .blogsome.com आदि देखेको खण्डमा आफ्नो बौद्धीक ज्ञान प्रयोग गरेर वा राम्रो संग बुझेर मात्र Like/share गर्नुहुन अनुरोध गर्दछौ  । सबैको सोचाई गलत हुन्छ भन्ने छैन, कतिले व्लगमै  पनि राम्रा तरिकाले चलाएको पाइन्छ ।

यदि कसैले अश्लिल कुराहरु राखेर आफ्नो टाइमलाईनविकाउन खोज्छ भने त्यस्ता कुराहरु आएका छन् र त्यस्तो नहोस भन्नका लागि तपाईले त्यो पेजलाई Report गर्न सक्नुहुनेछ, यदि तपाई जस्तै अरु व्यक्तिले पनि त्यो पेजलाई Report गरिदिएको खण्डमा त्यो पेजलाई फेसबुकले सदाको लागि बन्द गरिदिन्छ ।

No comments:

Post a Comment