top_rightads

Follow me on Twitter

Wednesday, March 23, 2016

जेट एयरवेजका ५ विमानमा बम रहेकाे खबरपछि विमानस्थलमा आतंक !

नयाँ दिल्ली १० चैत - बुधबार भारतको जेट एयरवेजका ५  वटा विमानमा 'बम' भएको हल्ला भएपछि विमानस्थलमा आतंक सृजना भएको छ । 

बम भएको सूचना आएकामध्ये ४ विमानले उडन भरेका थिए तर  बम भएको सूचनापछि सबै विमानलाई आपतकालीन अवतरण गराइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्  । 


श्रोतका अनुसार गोरखपुर, चण्डिगढ, देहरादुन र चेन्नईका विमानस्थलमा बम रहेको सूचना फोनमार्फत आएपछि ती विमानस्थलमा भागदौड समेत  मच्चिएको थियो । 


बम रहेको सूचना पछि सुरक्षाकर्मीले विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएका  थिए तर  बम राखिएको भनिएका  कुनै पनि विमानमा बम भने  फेला नपरेपछि नियमित उडान सुरु भएको जनाइएको छ ।

विमानस्थलमा बम रहेको हल्लापछि सबै विमानस्थलको सुरक्षा व्यवस्था  कडा पारिएको छ भने  योसँगै मेट्रो स्टेशनसहित देशका सबै प्रमुख इलाकामा सुरक्षा व्यवस्था कडा पारिएको संचारमाध्यमको भनाइ छ  ।

गृहमन्त्रालयले देशका मुख्य स्थानमा सुरक्षा सतर्कता बढाउन राज्य सरकारलाई निर्देशन दिएको  छ । 

ब्रसेल्समा  भएको  आतंककारी आक्रमणपछि अमेरिका, फ्रान्स, बेलायतसहित विश्वका अधिकंश मुलुकले  पनि विमानस्थल, मेट्रो स्टेशनलगायतका स्थानमा उच्च सुरक्षा व्यवस्था अपनाउदै  आएका  छन्।

No comments:

Post a Comment