top_rightads

Follow me on Twitter

Wednesday, March 23, 2016

२०० बढी संघसंस्थाको वेबसाइट ह्याक गर्ने ह्याकर प्रहरी फन्दामा

काठमाडौँ १० चैत - राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालय समेतका कार्यालयहरुको लगायत करिब २०० वेवसाईट ह्याक गर्ने एकजना ब्यक्ति पक्राउ परेका छन् । प्रहरीले १८ बर्षिय बिकास पौडेललाई पक्राउ गरेको हो । 

बिकास पौडेलले “Anonymous #Opnep” राखी बिभिन्न सरकारी कार्यालय तथा संघ संस्थाहरुको वेव साईट ह्याक गरेको खुल्न आएकोले प्रहरीले उनको खोजि तिब्र पारेको थियो ।  उनलाई १६ सोह्रखुट्टे एरियाबाट  पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । 



“Anonymous #Opnep”ले  राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध बिकास संस्थान, नेपाल दुरसंस्थानका केहि प्रयोगकर्ताहरुको विवरण एवं बिभिन्न शैक्षिक संस्थाहरु लगायत करिव २०० वटा वेवसाईटहरु ह्याक गरेको प्रहरीले जनाएको छ  । तनहुं बन्दिपुर घर भएका पौडेल हाल काठमाडौँको बालाजु हाईटमा बस्दै आएका थिए ।

No comments:

Post a Comment