top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

यसरी थाहा पाउनुहोस् फेसबुकमा तपाइँलाई कसले अनफ्रेण्ड गर्यो ?


फेसबुक सबैभन्दा लोकप्रिय सोसल नेटवर्किंग साइटको रुपमा रहेको छ । दुनियामा डेढ अर्ब भन्दा बढि मानिसले फेसबुक चलाउँदछन् । फेसबुकमा धेरै भन्दा धेरै साथीहरु हुनु व्यक्तिको सामाजिक दायरा विस्तारको द्योतक पनि मान्न सकिन्छ । तर कहिलेकाहीँ अचानक हाम्रो फेसबुक फ्रेण्ड लिष्टमा भएका साथीहरुको संख्या बढ्नुको साटो घटेको हुन्छ । यसको मतलब कसैले तपाइँलाई अनफ्रेण्ड गरिदिएको हुन्छ ।

तपाइँलाई कसले फेसबुकबाट हटाइदियो भनेर थाहा पाउन फेसबुकले कुनै नोटिफिकेसन उपलब्ध गराउँदैन र यो कुरा जान्नका लागि फेसबुकले कुनै फिचर उपलब्ध गराएको पनि छैन । तर यदि तपाइँले सानो जुक्ति लगाउनुभयो भने तपाइँलाई फेसबुकमा कसले अनफ्रेण्ड गर्यो भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ।

हालै एउटा यस्तो एप लञ्च भएको छ, जसको प्रयोग गरेर तपाइँले आफुलाई फेसबुकबाट अनफ्रेण्ड गर्ने मानिस चिन्न सक्नुहुन्छ । हु डिलिटेड मी नामक यो एपद्धारा तपाइँले फेसबुकमा तपाइँलाई कसले ब्लक गर्यो भन्ने कुरा पनि जान्न सक्नुहुन्छ ।

साथै यो एपले हालै तपाइँको अनफ्रेण्ड लिष्टमा को मानिस थपियो भन्ने कुराको सूचि पनि देखाइदिन्छ अनि तपाइँको कुन साथीले आफ्नो अकाउण्ट निस्कृय पार्यो वा पुनः सक्रिय तुल्यायो भन्ने कुरा पनि थाहा पाउन सकिन्छ ।

यसका लागि तपाइँले आफ्नो स्मार्टफोनमा यो एप डाउनलोड गर्नुपर्ने हुन्छ । एप डाउनलोड गर्नुभन्दा पहिले कसैले तपाइँलाई अनफ्रेण्ड गरिसकेको छ भने चाहीँ त्यो थाहा पाउन सक्नुहुनेछैन तर एप डाउनलोड गरिसकेपछि तपाइँलाई अनफ्रेण्ड गर्नेको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।


 यो एप हाल एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । एप डाउनलोड गर्न प्लेस्टोरमा गएर 'who deleted me' एप सर्च गरेर इन्स्टल गर्नुपर्नेछ-अनलाइनखबर बाट

No comments:

Post a Comment