top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

वाईफाईको पासवर्ड पत्ता लगाउन यसो गर्नुहोस



 के तपाइले आफनो वाईफाईको पासवर्ड विर्सनु भयो । पत्ता लगाउन गाह्रो भयो । त्यसो हो भने अब तपाइले यो प्रक्रिया अपनाउनुस । एन्ड्रोइड स्माटफोन तथा ट्यावलेटको प्रयोगबाट तपाईले बिर्सिएको वाईफाईको पासवर्ड पत्ता लगाउन सक्नुहुनेछ । तपाईको मोवाईल ‘रुटेट’ गरिसकेको छ भने पासवर्ड रिकभर गर्न सजिलो छ । 

गुगल प्ले स्टोरमा गएर वाईफाई रिकवर नाम गरेको एप डाउनलोड गर्नुहोस अनि तपाईको स्मार्टफोनमा इन्स्टल गर्नुहोस । इन्स्टल गर्दाको समयमा यस एपले तपाईको सुपर युजर एक्सेस माग्ने गर्दछ । जब तपाईले उक्त अनुमति दिनुहन्छ । तब यो एपले सबै वाईफाईको लिस्ट देखाउनेछ, जुन तपाईंको स्मार्टफोनमा कनेक्ट गरेको थियो । त्यसका साथै त्यस वाईफाईको पासवर्ड पनि देखाउनेछ । घरको ल्यापटप वा डेस्कटप कम्प्यूटरको मद्दतले पासवर्ड खोज्न चाहनु भयो भने पनि त्यति गाह्रो छैन् ।

 तपाईंको विण्डोज कम्प्यूटरको स्टार्टमा क्लिक गर्नुहोस । ‘न्यू नेटवर्क कनेक्शन’मा जानुहोस र त्यहाँ क्लिक गर्नुहोस् । तपाईको वाईफाई लेखेको चिन्हमा राईट क्लिक गर्नुहोस त्यसपछि पपअप हुन्छ । त्यसमा स्टेटस छान्नुहोस् । त्यसपछि ‘वायरलेस प्रपर्टीज’मा तपाईंले जब क्लिक गर्नुहुन्छ त्यसपछि ‘सेक्यूरिटी’ को भाग पाउनुहुनेछ । ‘सो क्यारेक्टर’ लेखिएको बक्स देखिएपछि त्यसमा क्लिक गर्नुहोस । अब तपाईंले आफ्नो वाईफाईको पासवर्ड पाउनुहुनेछ । बीबीसी

यो पनि थाहा पाउनुहोस् -आफ्नो फेसबुक प्रोफाइल कसले हेर्यो ? यसरी थाहा पाउनुस् 

-अहिले आफुले जान्न चाहेको व्यक्तिका बारेमा बुझ्न निकै सजिलो भएको छ । फेसबुक लगइन गर्यो अनि सम्बन्धित व्यक्तिको प्रोफाइल खोजेर हेर्यो । तपाइँले सायद धेरैपटक यसो गर्नुभएको छ होला । अनि तपाइँको बारेमा जान्नका लागि तपाइँको फेसबुक प्रोफाइल हेर्ने मानिसहरु पनि त होलान् नी । आफ्नो फेसबुक प्रोफाइल कस कसले हेर्यो होला त ?
यो जान्ने चाहना सबैमा नहुने कुरै भएन । आफ्नो बारेमा जान्न अरु कसैले चाहँदा रहेछन् भन्ने कुरा थाहा पाउँदा मख्ख होइन्छ सायद । कोही मानिस तपाइँको बारेमा जान्नका लागि पटक पटक तपाइँको फेसबुकको टाइमलाइनमा आइरहन्छ । तर तपाइँलाई भने पत्तो नै छैन । चिन्ता नगर्नुस्, आज हामी यस्तो टि्रक प्रस्तुत गर्दैछौँ, जसबाट तपाइँले तपाइँको फेसबुक प्रोफाइल कसले हेर्यो भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ । यसका लागि निम्नानुसारको विधि अपनाउनुहोस् :
· सबैभन्दा पहिलो आफ्नो फेसबुक प्रोफाइल खोल्नुहोस् । आफ्नो प्रोफाइल पेजको सोर्स कोड पत्ता लगाउनका लागि कि बोर्डमा Ctrl+U  दबाउनुहोस् । यसो गर्दा तपाइँको फेसबुक प्रोफाइल पेजको सोर्स कोडवाला पेज खुल्नेछ ।
· त्यसपछि आफ्नो किबोर्डमा Ctrl+F दबाउनुहोस् । यसो गर्दा एक सर्च बक्स खुल्नेछ । उक्त सर्च बक्समा {“list”: लेखेर  Enter दबाउनुहोस् ।
यसो गरेसँगै स्क्रिनमा ती मानिसहरुको फेसबुक प्रोफाइल आइडी देखिने जसले हालै तपाइँको फेसबुक प्रोफाइल हेरेका छन् । तपाइँको फेसबुक प्रोफाइल सबैभन्दा धेरै पटक हेर्ने मानिसको फेसबुक आइडी सबैभन्दा माथि देखिनेछ ।
· त्यसपछि एक नयाँ ट्याब खोल्नुहोस् । उक्त ट्याबको एड्रेसबारमाा facebook.com/प्रोफाइल आडी हालेर इन्टर बटन थिच्नुभयो भने तपाइँको फेसबुक प्रोफाइल हेर्ने मानिसको फेसबुक प्रोफाइल हेरेर उसको बारेमा थप कुरा बुझ्न सक्नुहुन्छ ।




No comments:

Post a Comment