फागुन २६- हिमालयन एयरलाइन्सको एयरबस नेपाल भित्रिएको छ। निजि बायुसेवा हिमालयन एयरलाइन्सको यो पहिलो एयरबसले चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीले जनाएको छ। कम्पनीका महाप्रबन्धक राजबहादुर केसीले दिएको जानकारी अनुसार तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालयले नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने छ। त्यस्तै चीनको लिजिङ कम्पनीसँग हिमालय एयरलाइन्सले १२ बर्षका लागि भाडामा लिएको हो। पहिलो उडान सुरु भएको केहि महिनापछि अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ। -
No comments:
Post a Comment