एजेन्सी– रोमानियामा एक हजार किशोरीहरुलाई बलात्कारको प्रयास गरेको आरोपमा एक योगा गुरुलाई प्रहरीले गिरफ्तार गरेको छ । रोमानियाका योग गुरु ग्रेगोरियन बिवालारुलाई प्रहरीले गिरफ्तार गरेको हो ।
६४ वषीय ती योगा गुरुलाई करिब एक हजार किशारीहरुसँग अवैध सम्बन्ध गाँस्न खोजेको आरोप लगाइएको छ । उनलाई यसअघि सन् २०१३ मा पनि एक नाबालिकासँग सम्बन्ध राखेको भन्दै ६ वर्षको कैद सजाय सुनाइएको थियो । यो सजाय सुनाए लगत्तै उनी फरार रहेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाए अनुसार गुरु ग्रेगोरियनले सञ्चालन गर्दै आएको योगा विद्यालयमा करिब एक हजार सदस्य रहेका छन् । सो विद्यालयमा गे्रगोरियनलाई सामुहिक यौनधन्दा सञ्चालन गरेको आरोप समेत लागेको छ । उनले सन् १९९० को दशकदेखि योगा विद्यालय सञ्चालन गर्दै आएका थिए ।
प्रहरीको गिरफ्तारीमा परेका उनलाई अहिले फ्रान्सको एक हिरासतमा राखिएको छ । उनको न्यायिक फैसला त्यही हुने बताइएको छ । यसअघि ग्रेगोरियन स्वीडेनमा पनि गिरफ्तारीमा परेका थिए ।
यद्यपि, उनले त्यसबेला राजनीतिक शरणर्थीको रुपमा साथ पाएका थिए र छुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् । गुरु ग्रेगोरियनलाई अवैध यौन शोषण गरेको भन्दै एक किशारीले आरोप समेत लगाएकी छन् ।
अराबेला मारकेज नामकी ती किशोरीले योगा गर्दाको दौरानमा आफुलाई पटक–पटक यौन शोषण गरेका आरोप लगाएकी छन् ।
उनले गुरुले यौन शोषण गर्दा आफू १५ वर्षभन्दा कम उमेरको रहेको समेत खुलासा गरेकी छन् । ती किशोरीले गुरुको हवाला दिँदै भनेकी छन्, ‘उनले (ग्रेगोरियनले) मलाई यदि तिमीले मसँग यौन सम्बन्ध राख्यौ भने तान्त्रिक विद्यामा उच्चतम स्तर हाँसिल गर्न सक्छ्यौ भनेर फकाउने गर्थे ।’
-काठमांडूटुडे डटकम
No comments:
Post a Comment