त्यसो त प्रधानमन्त्री केपी ओलीले भेटेजति सबैलाई सार्वजनिक रुपमै स्वदेश र विदेश सबैतिर आफ्नो भारत भ्रमण सफल रहेको भन्नुभयो ।
तर, मतमनै भारतीय नेताहरुले देखाएको व्यवहारप्रति उहाँमा तीव्र असन्तुष्टि रहेछ । पार्टी स्थायी समितिको बैठकमा आइतबार ओली आफैंले यस्तो अभिव्यक्ति दिनुभएको हो ।समकक्षी नरेन्द्र मोदी र हाम्रा प्रधानमन्त्रीबीच एकल वार्ता भयो भनियो तर त्यो कुरा पनि झूठो रहेछ ।
पार्टी अध्यक्षसमेत रहेका ओलीले आफ्ना नेताहरुलाई बताउनुभयो– ‘हाम्रो कुराकानी हुँदा उताबाट बीचमा एउटा मान्छे राखिदिए ।
आफ्ना कुरा भन्ने र उताको सुन्ने काम मात्र भयो । अनौपचारिक रुपमा कोही पनि प्रस्तुत हुन पाएन ।प्रधानमन्त्री ओलीका अनुसार त्यसबेला मोदी हाफ बाहुले लुगामा हुनुहुन्थ्यो जबकि नेपाली पक्षले औपचारिकतामा सबै प्रक्रिया पूरा गरेको थियो ।
त्यसमाथि समकक्षी मोदी अरुको सहारा नै चाहिने कमजोर व्यक्तित्व पनि होइन । हर कुरा तौलिएर बोल्ने, सधै तयारी हालतमा रहने र ठाउँअनुसार व्यवहार गर्ने मामलाका प्रसिद्ध नै हुनुहुन्छ ।तर, दुई देशका सामूहिक बैठकमा कर्मचारीहरुले उहाँलाई १२/१५ चोटी नै चिट थमाउने र काम फुक्ने काम गरिरहे । हाम्रो संसदमा माननीयका प्रश्नको मन्त्रीले उत्तर दिँदा पछाडिबाट कर्मचारीले भरथेग गरेझैं ।
भारत भ्रमणकै सन्दर्भमा पार्टी अध्यक्ष र उपाध्यक्षबीच दोहोरी पनि चल्यो । जनआस्था साप्ताहिकमा समाचार छ ।
No comments:
Post a Comment