top_rightads

Follow me on Twitter

Wednesday, March 9, 2016

धरातलको पक्षमा



-सुरज दाहाल 

-१३ बर्षको उमेरमा  मदन पुरस्कार विजेता तथा   एमाले पुर्वमन्त्रिबाट  बलात्कृत भएकी नारीको  आत्मकथा  'धरातल 'माथिको  समर्थनमा !
-मानवशास्त्रीय अध्ययन गर्नेको लागि पनि अध्ययनको एक विशेष दस्तावेज बनेको छ धरातल !

संसारले मार्च आठमा "प्लेज फर पेरीटी/समतुल्यता-सादृश्यता-समानताका लागी प्रण " भन्ने नाराका साथ अन्तराष्ट्रीय नारी दीवस मनाउदै गर्दा नेपाली जगतमा नारी समानता ,नारी सङ्घर्ष ,नारी हुनुको पिडा अनुभुती गर्न शारदा भुषाल झाको आत्माकथा "धरातल" मार्फत एउटा धरातल पाएको छ । यहा धरातलको भाषिक वा लेखकिय पक्षमा चर्चा गरीने छैन ।यो पुस्तकको समिक्षा पनी हैन । एउटा यथार्थपरक आत्माकथाको समिक्षा गर्नु भनेको एक जीवनको समिक्षा गर्नु हो ।यो अती जटिल कार्य हो !कम्तीमा यो पक्तिँकारको लागी !


स्पष्ट भन्दा यहा "धरातल "को पक्षमा धरातलमा उभिएर धरातलकै चर्चा गरीदैछ । शारदा भुषालको झाको आत्माकथामा धेरै पात्र र कु/पात्रहरु अटेका छन ।स्वभाविक रुपमा आत्माकथामा प्रमुख पात्र भनेको उहा नै हो । शारदा भुषाल ,उहा हुर्केको र सामना गरेको परीवार ,उहाले देखेको भोगेको समाज र राष्ट्र एक अर्काबाट अलग राख्न सकिदैन । उहाको बाल्यकाल नारीलाई जन्मजात "दोस्रो दर्जाको मानव"ठान्ने सामाजिक- लैगिँक विभेदको शिकार बन्दछ ।जुन सोच आज पनी नेपाली समाजमा व्याप्त छ । शारदा भुषाल माथी मानसिक र शारीरीक यातनाको सुरुवात उहाको बाल्यकाल देखिनै सुरु हुन्छ । 


तत्कालिन समाजको समृद्ध परीवारमा जन्मेर पनी उहाको बाल्यकाल अभावग्रस्त बित्यो ! अर्कातर्फ "मार्क्सवाद"को चम्कीलो वस्त्र ओढेर भुमिगत राजनितीमा होमीनु भएका उहाका पिता गुणनिधी भुषालले परीवार भित्र विभेदको विशाल अभ्यास गर्नु भएको थियो । हामी वर्तमान युवाका लागी यहा इतिहासको जटिल पाठ के छ भने "नेपालको वाम आन्दोलन वास्तवमा कम्युनिस्ट विचारधाराबाट अभिप्रेरीत भएर सुरु भएको थिएन । " ,"समाजका केही चलाख पात्र सत्ता र शक्ती प्राप्त गर्न चाहान्थे ,फलत अलग अलग वैचारीक आवरणमा एकै प्रवृती र एउटै प्रकृतीका स्वार्थ बोकेका मानिसहरु विवीध नामले राजनितीमा होमीएका थिए ।" व्यवहारीक रुपमा पञ्चायती व्यवस्थाका पक्षधर ,कम्युनिस्टहरु र काँग्रेसहरुबिच खासै ठुलो अन्तर देखिदैन ।


धरातलमा जब मोदनाथ प्रश्रित आउछन तब सुरु हुन्छ शारदा भुषालका अझ कठिन कहालीलाग्दो जीवनयात्रा ! मोदनाथले शारदालाई 'छोरी'लाई काठमाडौ लान्छौ र उतै पढाउछौ (पृष्ठ 22) भन्दै शारदा भुषाललाई उपत्यका ल्याउछ ।


स्मरण रहोस गुणनिधी परीवारको लागी अहिले पनी मोदनाथ स्वागतयोग्य पात्र हुन । (पृष्ठ 334) शारदा पिता गुणनीधीको स्वीकृतीमा वर्तमानकालमा ओली सरकारकी पशु   मन्त्री शान्ती मानवी को मिलेमतोमा मोदनाथ पौडेल/प्रश्रितले शारदा भुषाललाई पढाउने भन्दै  डल्लुको योनकोठीमा पुराउछन ।(पृष्ठ 31) अनी सुरु हुन्छ सात महिना लामो  योन-शोषणको नारकिय जीवन । यो ठिक त्यती बेला थियो जती बेला शारदा भुषालको उमेर तेह्र वर्षको थियो । यो बाल योन-शोषणको कहालीलाग्दो अतीत पढिरहदा कुनैपनी नेता-पुजक अन्धभक्तलाई अपत्यारीलो लाग्न सक्दछ ।  


राष्ट्रको प्रतिष्ठीत साहित्यकार ,वाम आन्दोलनका एक वरीष्ठ नेता अनी सत्ता स्वाद चाखिसकेको मोदनाथको यो  पाशविक शोषणको काहानीले केही असहज प्रश्न धरातलले उठाएको छ । नेपाली समाजमा कती  मोदनाथ जस्ता बलात्कारी होलान जो साहित्यकार ,वाम विचारक आदि इत्यादीको पगरी गुथेर राष्ट्रमा सम्मानित जिवनयापन गरीरहेछन ? मोदनाथ जस्ता बलात्कारीले कानुनको कठघरमा उभिनु किन नपर्ने ? नेपाली समाजमा कहिले सम्म मोदनाथ प्रश्रित जस्ता बलात्कारीको पुजा हुनेछ ? एक नारी भएर एक बालिका - बलात्कार जस्तो जघन्य अपराध गर्न मिलेमतो गर्ने शान्ती मानवी जस्ती नारीले कुनै जवाफ दिनु पर्ने कि नपर्ने ?मोदनाथलाई मन्त्री सम्म बनाएको एमाले नामक राजनितीक दल नैतिक रुपमा कती जिम्मेवार छ ?

साथै केही जवाफ पनी दिएको छ । आदर्श लेख्नु र आर्दशलाई मन-वचन र कर्ममा प्रयोग गर्नु फरक कुरा हुन । धरातलले आँखा खोल्दै भन्छ -एक प्रतिष्ठीत राजनितीज्ञ र साहित्यकार पनी एक पाशविक बलात्कारी हुन सक्दछ । एक पिताले एक छोरीको अस्मीता माथी खेल्दछ । एक गैरजिम्मेवार आमा पनी एक छोरीको योन -शोषणको लागी जिम्मेवार हुन सक्दछीन ।


मोदनाथको बलात्कार बन्दीगृहमा कसरी शारदा भुषाल कसरी पुग्नु भयो अनी कसरी बन्दीगृह बाट भाग्नु भयो सबै घटनाक्रमको विस्तारमा चर्चा गर्न संभव छैन ।प्रत्यक पाठकले पुस्तकनै अध्ययन गर्नु पर्ने हुन्छ । निरन्तर शोषित शारदा माथी अन्याय अत्याचारको सबै सिमारेखा मेटिए पछाडी "आत्मरक्षा र प्रतीरोध"को मार्गमा चलेको देखिन्छ । उहाका अर्थपुर्ण प्रतिक्रीया धरातलमा भेटिन्छन । उहाको जीवनको अर्को महत्वपुर्ण पाटो भनेको भ्रष्टाचार विरोधी अभियान हो । झाजी सगको बाध्यकारी विवाह सगै उहा तराईको विकृत समाजमा प्रवेश गर्नु हुन्छ ।  भ्रष्टाचार विरुद्धका उहाका अथक अविरल प्रयास ,श्रीमान र भ्रष्टाचार विरोधी अभियान मध्य श्रीमान सग सम्बन्धविच्छेद गरेर भ्रष्टाचार विरोधी अभियान रोजेको एक दुर्लभ घटना ,सुचनाको हकको प्रयोग र पटक पटकका अनसन सगैका उपलब्धी ले उहाको ब्यक्तीत्वलाई अझ महान बनाएको छ ।


धरातलका लागि शारदा भुसाल लाई मदन पुरस्कार नदिनु शारदा दिदिको अपमान हुनेछ । धरातल पढेर शारदा दिदी प्रती दया पनि नदेखाउनु किनकी त्यो कलाविहिन नाटक हुनेछ । म चाहान्छु धरातल मेरा प्रत्यक दिदि बहिनी र नारी साथिले पढुन । अनि एक नारी को ह्रदयविदारक कथन बाट केही सिकुन । मेरो सुझाव छ प्रत्यक विवेकशिल नेपाली ले शारदा भुसाल को आत्मकथा पढनै पर्दछ । अनि आफै भित्र गुणनिधि जस्तो अ्मानविय बाबू छ भने त्यस लाई दहन गरोस । समाजमा साहित्यकार कवि अनि राजनितीज्ञको छवि बनाएर बसेका मोदनाथ जस्ता बलात्कारी चिन्न सकोस ।

यति मात्र हैन नेपालको सामाजशास्त्रीय - मानवशास्त्रीय अध्ययन गर्नेको लागि पनि अध्ययनको एक विशेष दस्तावेज बनेको छ धरातल !


नेपालमा भ्रष्टाचारको प्रकृति , साथै दलिय संरचनाको विकृत स्वरुप , स्थानीय स्तर देखि केन्द्र सम्मका छोटे मोटे नेताको संजालले कसरी देशलाई " बर्बाद " बनाउदै छ्न - यस्ता धेरै कुराको अध्ययन गर्न धरातलमा वास्तवमा धरातल भेटिनेछ ।


आत्मा कथामा लेखकले सामान्यत आफुले आफ्नो जिवनकालमा देखेका भोगेका घटना लेख्दछ । हामिले धेरै राजनितीज्ञ , सामाज अनि रास्ट्रका प्रसिद्ध कु/पात्रका आत्माकथा पढेका हौला तर वास्तविकतामा प्रत्यक आत्माकथाले आफैलाइ उच्च देखाए शुद्ध देखाए । तर मैले प्रथम चोटि कुनै नारिको आत्माकथा पढे जसले आफ्नो बाबू आमादेखि कुनैपनी पात्रलाइ नछोडी वास्तविकता पुस्तकमा अभिब्यक्त गर्नु भयो ।म यिनै अक्षर मार्फत आदरणीय दिदी शारदा भुसाल जसलाई मैले धेरै अगाडी देखि आफ्नो प्रेरणाको स्रोत माने उहालाई यो विशेष अ्मुल्य धरातल हामीबिच राखिदिनु भएकोमा विशेष आभार प्रकट गर्दछु । वास्तविकतामा भन्ने हो भन्ने धरातलले मलाई एउटा कहालिलाग्दो धरातल मा राखिदिएको छ निन्द्रा भोक हराएको छ । केही मोदनाथलाई निर्वस्त्र सडकमा पछार्न मन लागेको छ ।

 यो पुस्तकमाथी मेरो टिप्पणी हैन तर मन्जरी प्रकाशन पुतलीसडकका कृष्ण अविरलको सम्पादन पनि उत्कृष्ट छ । सरल शब्दमा लेखिएको कारुणिक दारुण यथार्थ धरातल नेपाली समाजको एक कहालीलाग्दो इतिहासको रुपमा सदा जिवन्त रहनेछ अनि शारदा दिदी एक अद्धितिय साहस अनि क्रान्तिको प्रतिमुर्ति को रुपमा हाम्रो मनमन्दिरमा सदा रहनु हुनेछ ।

No comments:

Post a Comment