top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

श्रीमतीलाई जिस्काएको निहुँमा कुटपिट हुदा एकको मृत्यु


२७ फागुन । कुटपिट गरी एक व्यक्तिलाई मारेको अभियोगमा काठमाडौँ इतुम्बहाल डेरा गरी बस्ने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । 

नवलपरासी घर भई इतुम्बहाल बस्ने ३० वर्षीय घनश्याम अर्याल र उनको ३० वर्षीया श्रीमती मधु आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । नवलपरासी घर भई सोही ठाउँ डेरा गरी बस्ने ४० वर्षीय दयाराम ढकालले बुधबार मधु आचार्यलाई जिस्काएको विषयलाई लिएर घनश्यामले ढकाललाई कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरी अनुसन्धान भइरहेको छ । रासस 

No comments:

Post a Comment