Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Wednesday, March 16, 2016
विश्वमा महामारीका रुपमा फैलिएको जिका भाइरस परीक्षण प्रयोगशाला नेपालमै
महामारीका रुपमा फैलिएको जिका भाइरस परीक्षण अब नेपालमै हुने भएको छ ।
पछिल्लो दिनमा टाउकोदुखाइको विषय बनेको यो भाइरस परीक्षणका लागि महामारी तथा रोग नियन्त्रण महाशाखा टेकुमा प्रयोगशालालाई तयारी अबस्थामा राखिएको छ ।
केही समयअघि ब्राजिलसहित ल्याटिन अमेरिकी देशहरुमा महामारीका रुपमा फैलिएको जिका भाइरस नेपालमा पनि गर्मी बढेसँगै फैलिन सक्ने आशंकामा प्रयोगशाला निर्माण गरिएको हो । महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले एक पटकमा सय ओटा नमुना परीक्षण गर्न सकिने गरी सय ओटा परीक्षण कीट तयारी अवस्थामा राखिएको बताए ।
डेंगु रोग सार्ने लामखुट्टेबाट नै जिका भाइरससमेत सर्ने भएकाले नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो । जिका भाइरस सर्ने एडिस एजिष्टाई जातको पोथी लामखुट्टेले निकै आक्रामक रुपमा मानिसको रगत चुस्ने र फुल पार्न जाने हुँदा यसको संक्रमण पनि आक्रामक नै हुने रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले बताए । यो सरुवा रोग हो
आजको राजधानी दैनिकमा समाचार
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment