top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

पोखरामा प्रम ओली र विदेशमन्त्री स्वराजबीचको गोप्य वार्ता



पोखरा: प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज राति भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र विदेशमन्त्री स्वराजवीच पोखराको साङग्रिला होटलमा एक्लाएक्लै वार्ता भएको हो ।

उनीहरुबीच दुई देशबीचको आपसीहितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

यद्यपि दुर्इजनाबीच मात्रै भेटवार्ता भएकाले नेपाल र भारत दुबै तर्फका सरकारी अधिकारीहरूले प्रम अाेली र स्वराजबीच भएकाे कुराकानीबारे विस्तृत विवरण बाहिर ल्याएका छैनन् ।
भारतीय विदेशमन्त्री स्वराजले विदेश सचिव सुभ्रमन्यम जयशंकर र राजदूत रन्जित रेलार्इ पनि सहभागी नगराइ यो वार्ता भएको हो । 
वार्तामा प्रधानमन्त्रीले केपी अाेली पनि एक्लै बसेका बताइएको छ । प्रम अाेली भारत गएका बेला विदेशमन्त्री स्वराजले नेपालको संविधान संशोधन प्रक्रियाको स्वाग गरेकी थिइन् । 
नेपालमा जारी भएको संविधानको अहिलेसम्म भारतले स्वागत नगरेको अवस्थामा पोखरामा विदेशमन्त्री स्वराज र प्रमबीच भएको वार्तालार्इ अर्थपूर्णरूपमा हेरिएको छ । 
भोलि हुने सार्कको मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री स्वराज बुधबार गोरखपुरबाट हेलिकोप्टर चढेर पोखरा आइपुगेकी हुन् । रासस 

No comments:

Post a Comment