काठमाडौँ ८ चैत– नेपालीमा एउटा उखानै छ–‘नपाउनेले केरा पायो बोक्रैसमेत खायो ।’ यो उखान अन्यत्र कत्तिको चरितार्थ हुन्छ, थाहा छैन ।
तर, दोस्रो संविधानसभाको निर्वाचनबाट चिट्ठा परेर चौथो ठूलो दलका रुपमा उदाएको राप्रपा नेपालले नेतृत्व गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा यो उखान मज्जैले मञ्चन हुँदा मन्त्रालयका सचिव, सहसचिव र उपसचिवदेखि लिएर कर्मचारीहरु हैरान, आजित र लज्जित महसुस गरिरहेको खबर छ ।
देश संघीयतामा गएकोले मन्त्रालयको काम अन्य मन्त्रालयको भन्दा अलि बढी नै छ । मन्त्रीहरु स्वभाविक रुपमा नै देशलाई संघीय संरचनामा ढाल्ने काममा यतिबेला दत्तचित्तका साथ लाग्नु पर्ने हो । तर मन्त्रीदेखि पिएसम्म कमाउ धन्दामा लाग्दा मन्त्रालय कमाउ अड्डामा फेरिएको गुनासो त्यहीका कर्मचारीहरुले हिजोआज गर्न थालेका छन् ।
स्थानीय विकास मन्त्रालयमा कमल थापाको पार्टी राप्रपा नेपालका तर्फबाट कुन्तीकुमारी शाही राज्यमन्त्री र विराज विष्ट सहायक मन्त्री छन् । एउटै मन्त्रालयमा तीन–तीन जना मन्त्री नियुक्त गराएपछि गाइजात्रा त हुने नै भयो । अनावश्यक मन्त्री थुपारेर स्थानीयमा गाइजात्रा गराइएको भन्दै उसै त यसको आलोचना भइरहेकै थियो । त्यसमा पनि डबल गाइजात्रा हुने गरी मन्त्री र तीनका निजी सचिवले स्थानीय विकास मन्त्रालयमा गतिविधि सञ्चालन गर्दा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय हिजोआज अकर्मण्य थलोमा फेरिएको छ ।
साँघु साप्ताहिकबाट
No comments:
Post a Comment