Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Saturday, March 19, 2016
गुणस्तरीय मासु बिक्री गराउन भन्दै मासु पसलको अनुगमन
६ चैत । धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा सञ्चालित मासु पसलको आज अनुगमन गरिएको छ ।
भूकम्पपछि अधिकांश मासु पसल अव्यवस्थित बनेकाले सुधार गराउन भन्दै जिल्ला पशु सेवा कार्यालय धादिङको अनुमगन टोलीले पसलहरुको अनुगमन गरेको हो ।
मासु पसलमा सुधार ल्याउन र गुणस्तरीय मासु बिक्री गराउने उद्देश्यले धादिङबेंसीमा बजारमा रहेका मासु पसलको अनुगमन गरिएको जिल्ला पशु सेवा कार्यालय धादिङका प्रमुख देवेन्द्र भगवतले बताउनुभयो ।
धादिङबेंसीमा सञ्चालनमा रहेको मासु पसलेले न्यूनतम मापदण्ड समेत पूरा नगरी व्यवसाय सञ्चालन गरिरहेको अनुगमनको क्रममा पाइएको छ ।
अनुगमनले दर्ताबिना नै साना मासु पसल सञ्चालनमा रहेको, मापदण्ड विपरीत खुल्ला स्थानबाट मासु बिक्री गर्ने गरेको र मासु पसलसँगै अन्य पसल पनि सञ्चालनमा रहेको फेला पारेको जिल्ला पशु सेवा कार्यलयका पशु चिकित्सक डा। शिखा तिवारीले अनुगमनको क्रममा बताउनुभयो ।
यसअघि अनुगमन गर्दा पसल सुधार गर्न पटक÷पटक चिठी छाडिएका पसलले समेत गुणस्तरमा सुधार नगरेको पाइएको भए पनि पुनः चेतावनी दिएर मासु पसललाई छाडिएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment