top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

कान्तिपथ: यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यक्रम


काठमाडौँ ६ चैत  - प्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनको राज्यपरिषद्का प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा यही चैत ७ देखि १४ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै छन् । 

प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्ने छन् ।

चीनको जनबृहत् प्रेक्षालयमा आयोजना हुने स्वागत समारोहमा चैत ८ गते उनी सरिक हुनका साथै उनले आफ्ना समकक्षी लीसँग वार्तामा पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ । औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्ने छन् ।

 प्रधानमन्त्री लीले प्रधानमन्त्री ओली र उनी नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन दिवाभोज आयोजना गर्ने छन् । प्रधानमन्त्रीले चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ सन्दर्भमा नेपाल–चीन सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनको उपस्थितिमा साङ्घाइ सहयोग सङ्गठन (एससीओ) को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । साथै उहाँले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्मा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्ने छन् । 

प्रधानमन्त्री ओली चीनका लागि नेपाली राजदूत डा महेश मास्केले चैत ९ गते बेइिजिङस्थित नेपाली दूतावासमा आयोजना हुने स्वागत भोजमा सरिक हुने छन् । सोही समारोहमा उनले सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीले हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य ः नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्ने छन् । सोही दिन अपराह्न उनके सान्याको नान्सान उद्यानस्थित नेपाल मण्डपको भ्रमण गर्ने कार्यक्रम छ । 

उनले सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियानमा उहाँले प्रान्तीय एवम् नगरपालिकाका नेताहरूलाई भेट्नुका साथै व्यापारी समुदायलाई सम्बोधन गर्ने छन् । भ्रमणको सिलसिलामा सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र जलविद्युत् अयोजनाको अवलोकन गर्ने छन् । प्रधानमन्त्री ओली र उनी नेतृत्वको प्रतिनिनिधमण्डल चैत १४ गते छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ । रासस 

No comments:

Post a Comment