Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Monday, March 21, 2016
काठमाडौँमा चौथो काष्ठकला महोत्सव सुरु (फोटो फिचर)
८ चैत । प्रकृति र संस्कृतिलाई केन्द्रविन्दुमा राखेर काठमाडौँमा चौथो काष्ठकला महोत्सव सुरु भएको छ । यसअघि अर्थात् तेस्रो काष्ठकला महोत्सव टर्कीमा भएको थियो । पहिलो सन् २०१३ मा तान्जेनिया र २०१४ मा दोस्रो चीनमा भएको हो ।
संयुक्त राष्ट्रसङ्घको ६७ औँ महासभाले २१ मार्चलाई प्रत्येक वर्षको काष्ठकला दिवस मनाउने निर्णय गरेको थियो । सोही सन्दर्भ आजको निरन्तरता हो ।
विश्वका एकसय देशका प्रतिनिधिको यस महोत्सवमा सहभागिता जनाएका छन् । चौथो काष्ठकला महोत्सवको आज औपचारिकरुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको प्रज्ञाभवन कमलादीमा सुरु गर्नुभएको छ ।
महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भोकमरीबाट जोगिन र दिगो विकासको लक्ष्य हासिल गर्न वन विनासलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले ‘जहाँ जङ्गल, त्यहाँ मङ्गल’ हुन्छ भन्नुहुँदै प्रकृति र संस्कृति, संस्कृति र प्रकृति एकअर्काका पूरक रहेको जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बाँझो जमिनमा वृक्षारोपण गर्नुपर्ने धारणा आँैल्याउँदै काठको सर्वोपरि उपयोगिता, नेपालमा सामुदायिक वनको महत्व, वन तथा वातावरणको सम्बन्धमा चर्चा गर्नुभयो ।
कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले वन क्षेत्रको विकास मानव जीवनसँग प्रत्यक्ष गाँसिएकाले यसको संरक्षणमा सरकार कटिबद्ध रहेको चर्चा गर्नुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment