top_rightads

Follow me on Twitter

Sunday, March 13, 2016

सांसद लामालाई पाँचदिन हिरासतमा राख्न अनुमति



काठमाडौँ, ३० फागुन । आज पक्राउ पर्नुभएका एकीकृत नेकपा (माओवादी) का सांसद् ल्हारक्याल लामालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ ।

अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा अख्तियार अनुसन्धान आयोगले छानबिनका लागि लामाको दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको लकरमा जाँच गर्दा बन्दुकको १४ थान गोली बरामद भएपछि उहाँ पक्राउ पर्नुभएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले लामालाई हातहतियार तथा खरखजना ऐन, २०१९ अनुसार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment