top_rightads

Follow me on Twitter

Friday, March 11, 2016

पूर्व माओवादी लडाकुहरुद्धारा आन्दोलनको घोषणा



२८ फागुन– बहिर्गमनमा परेका लडाकुहरुको संगठन बहिर्गमित जनमुक्ति सेना नेपालले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संगठनले आन्दोलनको घोषणा गरेको  बताएको हो । 

घोषित आन्दोलनका कार्यक्रमहरुमा चैत्र १ गतेदेखि ६ गतेसम्म राजनीतिक दल र सरकारलाई स्मरणपत्र बुझाउने, चैत्र ६ गतेदेखि २५ गतेसम्म डिभिजन स्तरीय भेटघाट र सुझाव संकलन, २५ देखि ३० गतेसम्म डिभिजनस्तरीय प्रतिनिधि मण्डल प्रशिक्षण गराउने र त्यतिगर्दा पनि आफ्नो मागमा सुनवाई नभए बैशाख ३ गतेदेखि नेपाल बन्द र चक्काजाम गर्ने रहेका बताएका छन् । सो संगठनले आफूहरुमाथि लगाइएको अयोग्यको विल्ला खारेज हुनुपर्ने, एकमुष्ट प्याकेज राहत दिने गरि भएको सहमति कार्यान्वयन हुनुपर्ने, घाईते सेनाको निःशुल्क उपचार हुनुपर्ने, पुनस्र्थापित नहुँदा आत्महत्या गरेकाको परिवारलाई राहत उपलब्ध गराउनुपर्ने र आफूहरुसँग वार्ता गर्न वार्ताटोली गठन गर्नुपर्ने माग राखेको छ । पत्रकार सम्मेलनमा हालै सम्पन्न तेस्रो राष्ट्रिय भेलाबाट नवराज सन्झ्याल इन्चार्ज र तेजबहादुर बुढा अध्यक्ष रहेको ५१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गरेको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा इन्चार्ज नवराज सन्झ्यालले आफूहरुले अगाडि सारेको माग पूरा नभए शसस्त्र रुपमा अघि बढ्ने चेतावनी दिदै आफूहरुसँग राज्यले निर्णायक वार्ता गर्नुपर्ने माग गरेका छन्  । सल्लाहकार समिति संयोजक लालचन्द्र विकले पहिला आफूहरुले राज्यको लागि लडेको भन्दै अब आफ्नो अधिकारको लागि लड्नुपर्ने बेला आएको बताए । उनले सरकारकै एक घटक रहेको नाताले आफूहरुमाथि भएको अन्यायको विषयमा एमाओवादी अध्यक्ष प्रचण्डलेनै विशेष पहलकद्मी लिनुपर्ने भन्दै सबै राजनीतिक दलहरु सचेत भएर उपयूक्त निर्णय नलिए त्यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

No comments:

Post a Comment