top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

एउटै समयमा दुईतिर जागिर खाने शिक्षक बर्खास्त !


चैत्र ८ | एउटै समयमा दुईतिर जागिर खाने झापाका तीनजना शिक्षकलाई बर्खास्त गरिएको छ । भद्रपुर उच्चमाध्यमिक विद्यालय र महेशपुरको अरनिको उच्चमाविमा कार्यरत शिक्षकको नियुक्ति बदर गर्दै तीनजना शिक्षकलाई बर्खास्त गरिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिए।

जागिरबाट बर्खास्त भएका शिक्षकमा भद्रपुर उच्चमाविका सागर दाहाल, चैतन्यप्रसाद खरेल र अरनिको उच्चमाविका सिर्जना शर्मा रहेका छन् । उनीहरुले एउटै समयमा दुईतिर हाजिरी गरेर काम गरेको छानबिनका क्रममा फेला परेको पाइएपछि उनीहरुलाई बर्खास्त गरिएको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताए।


झापामा ६२ वटा उच्चमावि रहेका छन् । ती उच्चमावि शिक्षक अनुदान कोटाअन्तर्गत १२४ जना शिक्षक नियुक्त शिक्षकमध्ये तीनजना शिक्षकले एकै समयमा दुईतिर हाजिर गरेर काम गरेको पाइएपछि उनीहरुलाई बर्खास्त गरिएको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताए।

झापामा उमाविको शिक्षक नियुक्तिमा अनियमितता भएको सूचनाका आधारमा जिशिअ लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले ती उमाविका कागजपत्र नियन्त्रणमा लिई छानबिन गरिएको थियो ।

नियुक्ति पाएको मितिबाटै उनीहरु अन्यत्र कार्यरत रहेको पाइएको र दुईतिरै हाजिर भेटिएको शिक्षा कार्यालयले जनाएको छ । खरेल तीन÷चार वर्षदेखि भद्रपुरको एमरल्ड एकाडेमीमा समेत कार्यरत छन् । दाहाल भने अरू नै संस्थामा कार्यरत रहेको जनाइएको छ । अरनिको उनी बिर्तामोडस्थित बुद्ध स्मृति बोर्डिङ स्कूलमा कार्यरत रहेको समेत पाइएको छ ।

ती उच्चमाविले उनीहरुलाई नियुक्त गरेर औपचारिक प्रक्रिया पूरा गरेको देखिए पनि अरूलाई नै काममा लगाउने र तलब खुवाउने नियत देखिएको शिक्षा कार्यालयले जनाएको छ । "तीनैजना शिक्षकलाई नियुक्त भएको मितिबाटै लागू हुनेगरी बर्खास्त गरिएको छ"–जिशिअ लुइँटेलले भने। रासस

No comments:

Post a Comment