Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Thursday, March 17, 2016
विद्यार्थी भर्नाः नेपालीलाई कडाइ विदेशीलाई खुलमखुला
काठमाडौँ,५ चैत्र- भर्नाको सिजन शुरु भएलगत्तै सरकारले निर्देशिका र निर्देशन दिएर कडाइ गर्न थालेको छ । तर, विदेशी विद्यालयहरु भने पाँचतारे होटलबाट धमाधम विद्यार्थी भर्ना गरेर आफ्नो देशमा लैजाने गरेका छन् ।
यसलाई कसले नियन्त्रण गर्ने भन्ने विषयमा सरकार मौन छ ।
शैक्षिक मेला भर्न आएका विद्यालयका सञ्चालकहरुले स्पटमै भर्ना गरेर गुणस्तरीय शिक्षा दिने बहानामा विदेश लैजाने गरेका छन् ।
‘फाइभ स्टार होटलमा बसेर भर्ना गरेपछि हाम्रो के हालत होला ? सरकारले शुल्क निर्धारण निर्देशिका पालना नगर्ने विद्यालयलाई कारबाही गर्ने भनेपछि हाम्रो बिजोग भएको छ,’ प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भने ।
उनले प्रत्येक वर्ष करिब ५ हजार विद्यार्थी विशेष गरी भारतको बिभिन्न राज्यमा पढ्न जाने गरेको बताए ।
‘कसले नियन्त्रण गर्ने ?’ शाहीले भने, ‘तपाईंहरु हाम्रो विषयमा लेख्नुहुन्छ तर धमाधम विदेशीले बच्चा लगेको विषयमा कसैको ध्यान जाँदैन ।’
, नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment