top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै


काठमाडौं, ३० फागुन-भारतीय विदेशमन्त्री सुष्मा स्वराज चैत १ गते नेपाल आउने भएकी छन् । सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन स्वराज विदेशसचिव एस जयशंकरसहित नेपाल आउन लागेकी हुन् ।
दिल्लीमा आज आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यसबारे जानकारी दिएका हुन । सार्क देशका विदेशमन्त्रीहरुको बैठक आगामि चैत ४ गते पोखरामा हुन लागेको छ । त्यसको अघिल्लो दिन परराष्ट्र सचिवहरुको बैठक हुनेछ ।

सार्कमन्त्रीहरुको बैठकका क्रममा स्वराजले पाकिस्तानी समकक्षी सरताज अजीजसँग छुट्टै भेटवार्ता गर्ने नगर्ने भन्ने टुंगो छैन । भारत पाकिस्तानका विदेशमन्त्री वा सचिवको सम्भावित भेटबारे सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले द्वीपक्षीय भेटको तालिका नभएको बताए ।

No comments:

Post a Comment