६ चैत । कागेश्वरी मनहरा नगरपालिका वडा नं ११ बस्ने शिव चापागाईंले सोही स्थानको जग्गा बिक्री गर्ने भनी रु चार करोड ५३ लाख ठगी गरेकामा उनलाई कानुनी कारबाही गरी ठगी गरेको रकम उपलब्ध गराउन समाजसेवी दीपककुमार राउतले माग गर्नुभएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा राउतले त्यस क्षेत्रमा रहेको चापागाईंको करिब चार रोपनी जग्गाका लागि गत माघ महिनादेखि विभिन्न समयमा पटक पटक बैंकबाट भुक्तानी गरेका कागजात तथा जग्गाधनीसँग गरेका कपाली तमसुकका कागजपत्र सञ्चारकर्मीलाई प्रस्तुत गर्दै अहिले जग्गाधनी चापागाईंले जग्गा रजिस्ट्रेसन तथा पैसा फिर्ता गर्न नमानेकाले न्याय दिलाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
अहिले जग्गाधनी चापागाईंले उल्टै ज्यान मार्ने धम्की दिएकाले यही चैत ३ गते महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दर्ता गरेको राउतले जानकारी दिनुभयो ।
समाजसेवी राउतका आफन्त तथा शुभेच्छुक सहभागी रहेको उक्त कार्यक्रममा जग्गाधनी चापागाईंले राउतलाई ज्यान मार्ने धम्की दिएको अडियो क्यासेट सार्वजनिक गरिएको थियो । रासस
No comments:
Post a Comment