Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Thursday, March 10, 2016
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते
२८ फागुन । चन्दननाथ नगरपालिका वडा नं १३ नजिकको उठिले भन्ने स्थानमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
ट्र्याक्टर दुर्घटनामा चन्दननाथ नगरपालिका–१ का ट्र्याक्टर सहचालक २५ वर्षीय अमर खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जानकारी दिएको छ ।
बालुवा लिएर आउँदै गरेको ट्र्याक्टर आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको हो । सदरमुकामभन्दा साढे तीन किमी दूरीमा रहेको कर्णाली राजमार्गमा दुर्घटना भएको ट्र्याक्टर सडकबाट १५ फिट तल खसेको बताइएको छ ।
घाइते हुनेहरुमा चन्दननाथ नगरपालिका–९ का हरिचन्द्र रावल, वडा नं ७ का दिनेश शाही, चन्दननाथ–२ का बलवीर विक रहेका छन् । घाइते तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा उपचार भइरहेको उपचारमा संलग्न डा अर्जुनप्रसाद तिवारीले जानकारी दिए ।
घाइते तीनमा रावलको अवस्था गम्भीर रहेको डा तिवारीले जानकारी दिए । घटना कसरी भएको हो भन्ने अहिले नै थाहा हुन नसकेको प्रहरीले जनाएको छ । रासस
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment