top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

गोलि लागि एकको मृत्यु


चैत ७ । काभ्रेपलाञ्चोक कासीखण्ड नगरपालिका व्यास–२ स्थित सल्लेरीमा गोली लागेर नगरपालिकाका २० वर्षीय प्रतिष तामाङको मृत्यु भएको छ । 


नाकमा गोली लागेको र अत्यधिक रक्तश्राव भएका कारण उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक विदुरकुमार थापाले जानकारी दिनुभयो । सो घटनामा संलग्न भएका सोही नगरपालिकाका अरुण तामाङलाई प्रहरीले आजै पक्राउ गरेको छ । 


शनिबार बेलुुका दुवै जना नजिकै रहेको जङ्गलमा घरबाट निस्केकामा पछि उनीहरुबीच विवाद हुँदा गोली चलेको हुन सक्ने प्रहरी निरीक्षक थापाले बताउनुभयो । 

उहाँका अनुसार घटनास्थलबाट कटुवा पेस्तोलसमेत बरामद गरिएको छ ।

No comments:

Post a Comment