top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

६ महिना भित्र भ्रातृ संस्थाको निर्वाचन


फागुन २७ । नेपाली काग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले ६ महिना भित्र भातृ संस्थाको निर्वाचन गराउने बताएका छन । 

बिहिबार बिहानै नवनिर्वाचित सभापतिलाई भेटन देउवा निवास बुढानिलकण्ठ पुगेको नेपाल विद्यार्थी संघको टोलीसँग कुरा गर्दै देउवाले केन्द्रिय सदस्यको मतगणना जारी रहेको र आफ्नो कार्यसमितिले पूर्णता पाएपछि काम सुरु गर्ने बताएका छन । देउवाले तत्काल स्ववियू निर्वाचन गराउने वातावरण बनाउने, बढीमा ६ महिना भित्रमा भ्रातृ संस्थाको अधिवेशन गराउने लगायतका प्रतिबद्धता गरेको छन । भेटमा पार्टीलाई एक बनाएर लैजाने आफ्नो योजना रहेको पनि देउवाले बताएका छन । 

No comments:

Post a Comment