Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Sunday, March 13, 2016
सलमानको भाइ भुहरी अरबाज र मलाइका पनि छुट्टिदै !
फाल्गुन ३०, २०७२- ऋत्विक रोशन र फरहान अख्तरपछि बलिउडका अर्का स्टार अरबाज खानको वैवाहिक जीवन धरापमा परेको बताइएको छ । अरबाजकी पत्नी मोडल–कलाकार मलाइका अरोराले सम्बन्ध विच्छेदको माग गर्दै अदालतमा निवेदन दिएको मुम्बइको पत्रिका मुम्बई मिररले जनाएको हो ।
१७ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका मलाइका र अरबाजलाई बलिउडको सफल जोडीका रुपमा हेरिदै आएको थियो । ‘छैंयाँ छैयाँ...’ देखि ‘मुन्नि बदनाम हुई..’ सम्मका आइटम गीतबाट स्थापित भएकी मलाइका र सलमान खानका भाइ निर्माता–अभिनेता अरबाज पछिल्लो समय एउटा टिभी शोमा सँगै देखिएका पनि थिए ।
‘पावर कपल’ नामक सोनीको यो सोमा मलाइका कम देखिन थालेपछि उनीहरुको सम्बन्धमाथि शंका गरिएको थियो ।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment