सन् २००३ मा करन जोहरको फिल्म 'कल हो न हो'मा काम गरेकी बलिउड अभिनेत्री काजोल पुनः करनको फिल्ममा देखिने पक्का भएको छ । अपकमिङ फिल्म 'ए दिल है मुश्किल'मा करन र काजोलको टिमअप भएको हो ।
फिल्ममा काजोल केमियो रोलमा मात्र हुने बताईएको छ । करणको यो फिल्ममा रणविर कपुर, ऐश्वर्या राय र अनुष्का शर्मा लिड रोलमा हुने पक्का भईसकेको छ । काजोलसँगै सैफअली खान पनि फिल्ममा केमियो रोलमा देखिने पक्का भएको छ ।
काजोल र करणको टिमअप यसअघि धेरैपटक जमिसकेको छ । 'कल हो न हो' पछि २००६ मा 'कभी अलबिदा न कहना' र २०१२ मा 'स्टुडेण्ट अफ दि ईयर'मा बनेका करणका फिल्ममा काजोल देखिएकी थिईन् । यो पहिले १९ को दशकमा बनेका करणका 'कुछ कुछ होता है' लगायत तीन फिल्ममा पनि काजोल देखिएकी थिईन् ।
No comments:
Post a Comment