चैत्र २ | एजेन्सी, सलमान खानले बेला बेलामा आफू अविवित नै ठीक रहेको बताउने गरेका छन्। उनका थुप्रै साथीहरूलाई उनको विहेको चिन्ता बढेको छ । ५० पार गरिसकेका सलमानका बारेमा यो चिन्ता हुनु कुनै नौलो भएन्। सलमानको विहेलाई लिएर उनका साथी आमिर खानले भने नयाँ कुरा बताएका छन्।
सोमबारबाट ५१ टेकेका आमिरले एक पत्रकार भेटघाटका क्रममा सलमानलाई आमिरले कहिल्यै विहेका लागि भनेकी भनेनन् भनेर सोधिएपछि आमिरले नयाँ कुरा बताएका हुन्।
उनले भने, ' मैले आजसम्म पूरै प्रयास गरेको छैन्। मलाई लाग्छ यदि मैले पूरा प्रयास गरे भने म सलमानलाई विहेका लागी तयार बनाउन सक्छु।'
त्यससँगै आमिरले सलमानको कुस्तीमा आधारित फिल्म 'सुल्तान'को सफलताको लागि शुभ-कामना पनि दिए।
No comments:
Post a Comment