top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

बेलायती राजदूतद्वारा राष्ट्रपतिसँग भेट


२७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचर्ड मोरिसले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो । 

त्यस अवसरमा उहाँहरुबीच आगामी चैतमा हुने संयुक्त अधिराज्यका राजकुमार ह्यारीको भ्रमणका साथै दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

उक्त कार्यालयका अनुसार नेपाल र संयुक्त अधिराज्यबीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउँदै जानुपर्ने विषयमा पनि उहाँहरुबीच विचार–विमर्श भएको थियो । 

भेटमा दुवै देशका उच्च सरकारी अधिकारीहरुको उपस्थिति थियो । रासस 

No comments:

Post a Comment