top_rightads

Follow me on Twitter

Friday, March 11, 2016

ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु



२८ फागुन । बझाङमा माटोको ढिस्कोले पुरिएर आज खिरातडी गाविसका तीन महिलाको मृत्यु भएको छ ।

माटोको ढिस्कोले खिरातडी–२ की ४० वर्षीया कान्तामती कार्की, वडा नम्बर ८ की २८ वर्षीया विष्णादेवी पन्त र सोही वडाकै ३२ वर्षीया पशुपति कार्की पुरिएका हुन् ।

घर लिपपोत गर्नका लागि रातो माटो लिन गएका तीनै जनाको घटनास्थलमै मृत्यु भएको बझाङका प्रहरी नायव उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन्  ।

मृत्यु भएका तीनै जनाको शव आफन्तलाई वुझाइएको छ । घटनास्थल सदरमुकाम चैनपुरदेखि एक दिनको दुरीमा पर्छ । रासस

No comments:

Post a Comment