top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

दरबन्दी १३८, उपसचिव ४८५ - कुर्सी बिनाका ३ सय ४७ जनालाई के काम दिने?


काठमाडौँ, ७ चैत्र- शिक्षा मन्त्रालयमा उपसचिवका १ सय ३८ जना  दरबन्दी छन्। तर, उपसचिव छन् ४८५ जना। कुर्सी बिनाका ३ सय ४७ जनालाई के काम दिने? मन्त्रालय तनावमा छ।‘मेरो महत्वपूर्ण समय यसैले खाइरहेको छ,’ शिक्षामन्त्री गिरीराजमणि पोखरेलले भने,‘निकाल्न भएन काम दिने ठाउँ छैन।’
स्वतः बढुवा हुने ‘२४ घ’ का कारण यो अवस्था आएको हो। २०६२/६३ को जनआन्दोलनपछि २०६४ मा सरकारले निजामती ऐन संशोधन गरी ‘२४ घ’ को व्यवस्था गरेको हो। त्यसअ न्तर्गत अधिकृतमा १५ वर्ष सेवा गरेर स्नातकोत्तर उतिर्ण गरेमा सबैजना स्वतः उपसचिव बने। त्यो क्रम हरेक वर्ष थपिदै गयो। यसवर्षसमेत १० जना थपिए।
‘२४ घ’ बाट पदोन्नती भए पनि साबिक ठाउँमै काम गर्नुपर्ने सुरूमा व्यवस्था भएपनि पद र सुविधा माथिल्लो काम पुरानै केही वर्ष राखियो। करिब २ वर्षअघि निजामती सेवा ऐन संशोधन गरी ‘२४ घ’बाट बढुवा भएका सबैलाई माथिल्लो पदमा समान हैसियतसहित समायोजन गर्ने कानुन बनाइयो। त्यसपछि सबै दरबन्दीहरू भद्रगोल भए।


आजको कान्तिपुरमा खबर छापिएको छ।

No comments:

Post a Comment