top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

भारतीय कम्पनी जिएमआरको गाडीमा आगजनी गरेको आरोपमा माओवादी जिल्ला नेता पक्राउ



दिया चन्द
काठमाडौं, २८ फागुन ।
नेकपा माओवादीका दैलेख जिल्ला सेक्रेटरी पदम बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय कम्पनी जिएमआरको गाडीमा आगजनी गरेको आरोपमा शुक्रबार विहान ३ बजे घरमै सुतिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको नेकपा माओवादीका भेरि उपव्युरो इन्र्चाज कृष्ण धमला ‘गम्भीर’ ले  बताए ।

“आज राति ३ बजे  छापा मारेर बिकलाई प्रहरीले पक्राउ गरेर लगेको छ,यसको हामी घोर भत्र्सना र विरोध गर्छौ, उनले भने भारतीय गाडीमा आगजनी गरेको घटनासँग उहाँको कुनै सम्बन्ध छैन ।”
राज्यले यस प्रकारको देशमा आतंक मच्चाउने खाले प्रवृती तत्काल नरोक परिणम थप जटिल हुने उनको भनाई छ ।

नेकपा माओवादीका कार्यकर्ताले गत फागुन २४ गते दैलेखको रामगाडमा जीएमारको बा ८ च १५८५ नम्बरको गाडीमा आगजनी  गरेका थिए ।
भारतले नेपालमा अस्थिरता फैलाउने खेल बन्द नगरेसम्म भारत विरुद्धको आफ्नो अभियान नरोकिने माओवादीले चेतावनी दिएको छ ।


No comments:

Post a Comment