Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Thursday, March 10, 2016
माटोको ढिस्कोले पुरिएर मृत्यु
२८ फागुन । जिल्लाको श्रीकोट गाविस–४ मा माटोको ढिस्कोले पुरिएर आज एक महिलाको मृत्यु भएको छ ।
माटोको ढिस्कोले पुरिएर श्रीकोट गाविस–६ की २८ वर्षीया पशुपति भुलको मृत्यु भएको हो । बिहान घर लिपपोत गर्न रातो माटो लिन उनी गाउँ नजिकैको जइतडाँडा गएकी थिइन् ।
प्रहरी चौकी खोचलेकका प्रहरी सहायक निरीक्षक करनसिँह धामीका अनुसार माटोको ढिस्कोले पुरिएकी भुललाई एक घन्टापछि निकालिएको थियो । दुई छोरी र एक छोराकी आमा भुलको शवपरीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment