top_rightads

Follow me on Twitter

Tuesday, March 22, 2016

नेपाल-चीनबीच पारबहन सम्झौता भएको २४ घन्टा नबित्दै भारतले गर्यो यस्तो टिप्पणी



काठमाडौँ- नेपाल-चीनबीच पारबहन सम्झौता भएको २४ घन्टा नबित्दै भारतीय विदेश मन्त्रालयले अर्थपूर्ण प्रतिक्रिया दिएको छ ।

व्यावहारिक विकल्प खोज्न नेपाल खुला रहेको प्रतिक्रिया दिँदै भारतले भनेको छ,’ तर नेपाल र भारतको सम्बन्ध अरूको जस्तो होइन ।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले मंगलबार आयोजित प्रेस ब्रिफिङमा नेपाल र चीनबीच भएको पारबहन तथा यातायात सम्झौताबारे टिप्पणी गरेका हुन् ।

नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित झन्डै २२ मिनेट लामो पत्रकार सम्मेलनमा पत्रकारले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र सडक, रेल तथा पारवहन सम्झौताबारे प्रवक्ता स्वरुपलाई प्रश्न गरेका थिए । ‘चीनसँग नेपालले गरेका समझदारी भारतका लागि चूनौती हो कि होइन ? भन्ने प्रश्नको जवाफमा पहिलै तयार भएजस्तो स्वरूपले यो विषयमा बोल्न र नेपाल भारतको विशिष्ठ सम्बन्ध प्रस्ट पार्न फाइल नै पल्टाए । उनले नेपालको भारतसँग जुन स्तरको सम्बन्ध छ त्यो अरुसँग नभएको जनाए ।

नेपालको भारतमार्फत तेस्रो देशसँग ९० प्रतिशत आयात निर्यात हुन्छ । नेपालको विश्वव्यापी व्यापारको दुईतिहाइ व्यापार भारतसँग भएको जनाउदै प्रवक्ता स्वरुपले लाखौं नेपाली भारतमा बसेर काम गरिरहेको र हरेक दिन हजारौँ नेपाली खुला सीमामा ओहोरदोहोर गरिरहेको भन्दै नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेको स्पष्ट पारे ।

आजको नयाँ पत्रिकामा समाचार छ ।

No comments:

Post a Comment