२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ देखि गर्ने साताव्यापी चीन भ्रमणमा तिब्बतसँग जोडिएको कोरला नाका सञ्चालनबारे सहमति गर्न मुस्ताङवासीले माग गरेका छन् ।
सन् २००३ देखि बन्द रहेको सो नाका सञ्चालन भए दुबै देशलाई व्यापारिक कारोबार गर्न सहज हुने उनीहरुको बुझाइ छ । सुरक्षाको कारण देखाउँदै चिनियाँ पक्षले उक्त नाका बन्द गरेपछि उपल्लो मुस्ताङका छवटा गाविसका स्थानीयवासी र तिब्बतका व्यापारीबीच वर्षको दुई पटक आयोजना हुने अन्तरदेशीय व्यापारिक मेला पनि वर्षको एक पटक मात्र हुँदै आएको छ ।
संसदको विकास समितिले दुई महिनाअघि उक्त नाकाको भौगोलिक बनोटदेखि सडक सञ्जालसम्मको अवस्थाबारे स्थलगत रुपमा भ्रमण तथा अध्ययन गरेर तत्काल नाका सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको थियो । सरकारको माथिल्लो तहबाटै नाका सञ्चालनबारे सहमति हुनुपर्ने लोमान्थाङका समाजसेवी इन्द्रधारा विष्ट बताए ।
“यो नाकाबारे ठोस सहमति हुनुप¥यो”, उनले भने । कालीगण्डकी करिडोरअन्तर्गत उक्त नाकासम्म सडकको ट्र्याक खुले बर्सेनि ६ महिनामात्रै सञ्चालन हुने गरेको छ । सडकको मर्मतसम्भारसँगै विभिन्न स्थानमा पुल निर्माण गर्नुपर्ने देखिएको छ ।
नाका सञ्चालन भए चीनबाट विभिन्न किसिमका सामान आयात र नेपालमा उत्पादित बस्तु निर्यात गर्न सहज हुने मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचन बताए । “यो नाका सञ्चालन भए पश्चिमाञ्चल क्षेत्रकै विकासको मुहार फेरिन्छ”, उनले भने । रासस÷
No comments:
Post a Comment