top_rightads

Follow me on Twitter

Tuesday, March 22, 2016

करोड खाएर ‘पैसाकै खेलमा’ मनपरी हाकिम !



काठमाडौं - स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा ऐन र नियमावलीविपरीत स्वास्थ्य सेवाका विभिन्न निकायमा पद समूहबाहिरका अधिकारीलाई ‘पैसाकै खेलमा’ मनपरी हामिक बनाइरहेको छ ।

पदअनुसारका विशेषज्ञ जिम्मेवारीमा नहुँदा लामो समयदेखि सञ्चालनमा रहेको जनस्वास्थ्य कार्यक्रम र मन्त्रालयको वार्षिक प्रगतिमा समेत प्रत्यक्ष असर देखिन थालेको  ।

स्वास्थ्य सेवा नियमावलीले मन्त्रालयमा विशेषज्ञ सेवाका लािग कामको प्रकृति हेरेर सोहीबमोजिम विशेषज्ञ जनशक्ति रहने गरी जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रालयले भने ऐन र नियमावलीअनुसार पदसमूहसमेत नहेरी पैसाको खेलमा मनपरी हाकिम बनाइरहेको छ ।

सचिवसरहका चिकित्सकत्रय डा. पदमबहादुर चन्द, डा. सेनेन्द्रराज सप्रेती र डा. किरण रेग्मी मन्त्रालयमै पेण्डुलम पारिएका हुन् ।

पाँच क्षेत्रीय स्वास्थ्य निर्देशकमध्ये एक जना मात्रै समूह मिल्ने छन् । त्यसैगरी, महानिर्देशक नै नियमविपरीत जिम्मेवारी दिइएको स्वास्थ्य सेवा विभागमा सातमध्ये तीन जना मात्रै सेवासमूह मिल्ने छन् ।

मन्त्रालयमा पदमा रहेको महाशाखामा दरबन्दी राखेर असम्बन्धित महाशाखामा काममा खटाइएको छ ।



आजको नागरिक दैनिकमा समाचार छ  ।

No comments:

Post a Comment