top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

तरकारीमा प्रयोग हुने विषादीका कारण क्यान्सर रोगी बढे


चैत्र ४ | इलाम– तरकारीलगायत खाद्य बालीमा विषादी प्रयोग गरेका कारण इलाममा गत वर्षको तुलनामा यो वर्ष क्यान्सर रोगीको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार गतवर्षको तुलनामा इलाममा क्यान्सर रोगीको सङ्ख्या १९.१७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५९ जनामा क्यान्सर रोग भेटिएकोमा यो वर्ष ७३ जनामा क्यान्सर भेटिएको जिल्ला स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए । यसमा ४९ महिला र २४ पुरुषलाई क्यान्सर देखिएको हो ।

कार्यालयका अनुसार सूर्योदय नगरपालिकामा नौ, इलाम नगरपालिकामा आठ, चुलाचुलीमा सात र दानावारी गाविसमा पाँचजनालाई क्यान्सर लागेको छ ।

यस्तै, अन्य गाविसमा पनि क्यान्सरका बिरामी रहेको कार्यालयले जनाएको छ । तरकारी खेतीमा विषादी प्रयोग गर्ने र विषादीयुक्त खाद्यान्न प्रयोग गरेका कारण क्यान्सर लागेको हुनसक्ने बताइएको छ । कार्सिनोजेनिक उत्पन्न गर्ने १५ थरीका विषादीमध्ये तरकारीमा धेरै विषादी प्रयोग हुने गरेको छ ।

सूर्योदय नपा तरकारीको पकेट क्षेत्र हो भने चुलाचुली र दानाबारीमा पनि खेतीमा विषादीको प्रयोग उच्च रहेको पाइन्छ । इलाम नगरपालिका तरकारी र खाद्य उपयोग गर्ने क्षेत्र हो । अन्य क्यान्सर रोगी पनि व्यावसायिक तरकारी खेती गर्ने गाउँमै बढी छन् । अन्य गाविस गोदक, दानाबारी, इभाङ, नामसालिङ क्यान्सर प्रभावित क्षेत्रको रूपमा देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

क्यान्सर पीडित जिल्ला स्वास्थ्य कार्यालयको सिफारिस लिएर पनि उपचारका लागि जाने गरेका छन् । यसबाहेक सोझै उपचारमा जानेको सङ्ख्या पनि उच्च रहेको कार्यालय प्रमुख पोखरेलले बताए । कार्यालयले मुटुका २० र मृगौलाका सातजना रोगीलाई निःशुल्क उपचारका लागि सिफारिस गरेको छ । मुटु र किड्नीका बिरामी भने पुरुष बढी छन् ।

“जटिल रोगको कारण खानपान मुख्य हो”, पोखरेल भन्छन्, “विषादी पनि हुनसक्छ ।” इलाममा क्यान्सरको कारणबारे अनुसन्धान नभएको उनलृ बताए  तर टमाटरजस्ता तरकारी नियमित प्रयोग गर्ने, विषादी प्रयोग गर्ने व्यक्तिमा क्यान्सरको असर देखिएको चिकित्सकहरू बताउँछन् । रासस

No comments:

Post a Comment