फागुन ३० । हुम्लामा यो बर्षकै ठुलो हिमपात भएको छ । आज बिहानदेखि लगातार भएको हिमपातका कारण हुम्लाको उत्तरी भेगको जनजीवन प्रभावित भएको हो ।
हिमपातका कारण जिल्लामा जाडो अत्याधिक बढेको छ । जाडो बढेकाले मानिस घर बाहिर निस्कन सकेका छैनन् भने पशु चौपायालाई चरनको समस्या भएको छ ।
हिमपातले गर्दा सिमिकोट विमानस्थलमा हवाई सेवा बन्द भएको छ । जिल्ला सदरमुकाम सिमिकोट र उत्तरी भेगका लिमी, मुचु खगाल गाउँ, स्याँडा, हेप्का लगायतका गाउंँ विकास समितिमा लगातार हिमपात भइरहेको छ ।
जिल्ला सदरमुकाम सिमिकोटमा १ फिटसम्म हिउँ जमेको छ । यसबर्ष पुष र माघ महिनामा हिमपात नहुँदा खडेरीले हिउँदे बाली सुकेर निराश भएका कृषकहरु ढिलो गरी भएपनि हिमपात भएपछि खुसी भएका छन् ।खरेडीले सुकेका बाली नालीलाई यो हिमपातले केहि राहत दिएको स्थानीय कृषकहरुको भनाई छ ।
हिमपातका कारण जिल्लामा कुनैं प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए ।
No comments:
Post a Comment