Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Friday, March 18, 2016
बस दुर्घटना: एक जनाको घटनास्थलमै मृत्यु, १९ जना घाइते - १०० मि तल खसेर दुर्घटना
काठमाडौँ,६ चैत्र- सिन्धुपाल्चोकको फुल्पिङकट्टी गाविसमा गए राति यात्रु बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा वडा– ६ का ५५ वर्षीय रामबहादुर कामी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १९ जनालाई ललितपुरको बिएन्डबी अस्पताल र अन्यको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार काठमाडौँबाट फुल्पिङकट्टी जाँदै गरेको बा१ख ९३४३ नंको यात्रु बस शुक्रबार बेलुका लुपसिङ भन्ने ठाउँमा सडकबाट करिब १०० मि तल खसेर दुर्घटना भएको थियो । कच्ची ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment