top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

राजेन्द्र महतोले दिए मधेसका माग सम्बोधन नभए वैशाखदेखि पुनः कडा आन्दोलन गर्ने चेतावनी



काठमाडौँ - सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले मधेसका माग एक महिनाभित्र सम्बोधन नगरे वैशाखदेखि पुनः कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।शनिबार रौतहटको गौरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले अब हुने आन्दोलनले नै मधेसका माग पूरा गर्ने बताए । अबको आन्दोलनमा नाकाबन्दी नहुने उनको भनाइ थियो ।

अर्को एक प्रसंगमा अध्यक्ष महतोले आन्दोलनको उद्देश्य पूरा नभएसम्म मधेसी मोर्चाका कुनैपनि घटक सरकारमा सहभागी नहुने प्रस्ट पारे ।

No comments:

Post a Comment