top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

चीनबाट ग्यास ल्याउन पहल गर्छु- प्रचण्ड





काठमाडौँ-एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ​चीनबाट ग्यास ल्याउन पहल गर्ने बताएका छन् । ग्यास विक्रेता महासंघका प्रतिनिधिमण्डलबाट शनिबार ज्ञापनपत्र बुझ्दै उहाँले ग्यासको सहज आपूर्तिका लागि सबै प्रकारको विकल्प अपनाइने र त्यसमा कुन सहज विकल्प हुन्छ छलफल गरेर परिणाम दिन आफू तयार रहेको बताएका हुन् ।


कालोबजारी रोक्ने जिम्मा सरकार र व्यवसायी दुबैको उत्तिकै रहेको भन्दै प्रचण्डले जनतालाई सहज सेवा दिनुभन्दा पनि बजारमा अनावश्यक रुपमा कालोबजारी र अनियमितता मौलाएकोमा उद्योगी व्यवसायीको समेत ध्यानाकर्षण गराए । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले ग्यासको आपूर्ति सहज बनाउन ज्ञापनपत्र बुझाएका हुन् । महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले बजारमा ग्यासमा भएको कालोबजारी रोक्न पहल गर्न, प्रधानमन्त्रीको चीन भ्रमणमा चीनबाट पनि ग्यास आपूर्तिका लागि वातावरण मिलाउन सबैले आ– आफ्नो स्थानबाट प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

No comments:

Post a Comment