top_rightads

Follow me on Twitter

Sunday, March 13, 2016

हिमचितुवाको एक थान छाला सहित दुई पक्राउ


३० फागुन । प्रहरीले दार्चुलामा हिमचितुवाको एक थान छाला र हड्डीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा कालिकोटको जुबिधा– ८ का ३९ वर्षीय जनकबहादुर शाही र दार्चुला सुनसेरा– २ का ३० वर्षीय कलमराम पार्की रहेका छन् । शाहीलाई राप्ला– ८ कल्जु जङ्गलबाट तथा पार्कीलाई सुनसेरा– २ सिनागाउँबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सुशिलसिँह राठोरले जानकारी दिए  । 

प्रहरीले राप्लाको जङ्गलमा ओडारमा लुकाएर राखेको ६ फिट ५ इन्च लामो छाला र करिब पाँच किलो हड्डी बरामद गरेको हो । बरामद सामान र पक्राउ परेका अभियुक्तलाई थप कारबाहीका लागि अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालयलाई बुझाइने प्रहरीले जनाएको छ । दुवैजनाले पासो थापी चितुवा मारेको प्रहरीसमक्ष स्वीकारेका छन् । रासस 

No comments:

Post a Comment